दफा ५
शेयर पूंजी र शेयरवाला
: (१) प्राधिकरणको प्रारम्भिक अधिकृत शेयर पूंजी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेबमोजिम हुनेछ र त्यस्तो पूंजी सोही सूचनामा तोकेबमोजिमको शेयरमा विभाजित हुनेछ ।
(२) प्राधिकरणले नेपाल सरकारको अनुमति लिई आफ्नाे प्रारम्भिक अधिकृत शेयर पूँजी थपघट गर्न सक्नेछ र प्राधिकरणको शेयरपूँजी घटी हुन आएमा प्रत्येक शेयरको अड्ढित (नोमिनल) मूल्य पनि शेयर पूँजीकै अनुपातमा घटाइनेछ ।
(३) प्राधिकरणले निष्काशन गरेको शेयर मध्ये नेपाल सरकारले खरीद गरी बाँकी रहेको शेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिनेछ ।
(४) प्राधिकरणका शेयरवालाहरुको दायित्व सीमित हुनेछ ।
(५) प्रत्येक शेयर अविभाज्य हुनेछ र शेयरवालाले आफूले लिएको प्रत्येक शेयरको एक मतको हिसाबले शेयरवालाहरुको साधारण सभामा मत दिन पाउनेछ ।